काठमाडौं - औषधि व्यवस्था विभागले लुम्बिनी प्रदेश अन्तर्गतका थोक तथा खुद्रा औषधि पसललाई दर्ता प्रमाणपत्र तथा व्यवसायी मान्यता प्राप्त कार्डको नवीकरण गर्न आग्रह गरेको छ।
विभागले एक सूचना जारी विभागबाट टोली खटिने हुँदा लुम्बिनी प्रदेश अन्तर्गत सञ्चालनमा रहेका थोक तथा खुद्रा औषधि पसललाई दर्ता प्रमाणपत्र नवीकरण गर्न आग्रह गरेको हो।
माघ २८ दखि फागुन ३ गतेसम्म नवीकरण गर्न सकिने सूचनामा उल्लेख छ। फार्मेसी पसल प्रमाणपत्र र व्यवसायी मान्यता प्राप्त कार्डको नवीकरण पाँच पाँच वर्षमा गर्दै आइरहेको विभागले जनाएको छ।
आफ्ना कार्यलाई सेवाग्राहीमैत्री बनाउन नवीकरणका लागि प्रदेशस्तरमा विभागबाट टोली खटाउने गरेको सूचनामा उल्लेख छ।