काठमाडौं - गण्डकी स्वास्थ्य सचिव डा युवानिधि बसौलाले आजदेखि कार्यभार सम्हालेका छन्। स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमा स्वास्थ्य सचिवको रुपमा नियुक्त भएका डा बसौलाले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन्।
उनलाई एक कार्यक्रमका बीच स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले उनलाई स्वागत गरे। स्वागत कार्यक्रममा चिकित्सा महाशाखा प्रमुख डा रमेश कुमार केसी लगायत मन्त्रालयका अन्य कर्मचारीहरुको उपस्थिति थियो।