काठमाडौं - पूर्ण डिजिटल रेफरेन्स डायग्नोष्टिक प्रयोगशाला मेट्रोल्याब्सले आजदेखि आफ्नो सेवा सुरु गरेको छ। १० करोडको लगानीमा सञ्चालित प्रयोगशाला मेट्रोल्याब्सले काठमाडौंको बानेश्वरस्थित बी.के कम्प्लेक्सबाट औपचारिक रुपमा सेवा सुरु गरेको हो।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा मेट्रोल्याब्सका ब्राण्ड एम्बेसडर पारस खड्काले प्रयोगशालाको उद्घाटन गरे। मेट्रोल्याब्स आफ्नै स्वामित्वको मोबाइल एप माइ हेल्थ नाउ द्वारा सञ्चालित अत्याधुनिक डिजिटल डायग्नोस्टिक इकोसिस्टसमा आधारित छ।
उक्त एप मार्फत सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट र सटीक डिजिटल रिपोर्ट प्राप्त गर्न, आजीवन डिजिटल डायग्नोस्टिक अभिलेख सुरक्षित राख्न, सम्पूर्ण परिवारको स्वास्थ्य प्रोफाइल व्यवस्थापन गर्न तथा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ।
यस प्रयोगशालाले निःशुल्क रुपमा घरमै गएर नमुना संकलन समेत गर्दै आएको छ। यो नेपालकै पहिलो रेफरेन्स प्रयोगशाला भएको र पूर्ण रुपमा स्वचालित टोटल ल्याब अटोमेसन रोबोटिक प्रणाली प्रयोग गरिएको मेट्रोल्याब्सको दाबी छ।