काठमाडौं - काठमाडौं क्यान्सर सेन्टरले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङमा एक सय जनाले सेवा लिएका छन्।
विश्व क्यान्सर दिवसको अवसरमा सेन्टरले चाँगुनारायण ६ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाले परीक्षण गराएका छन्।
यो सँगै क्यान्सरसम्बन्धी जनचेतनाका लागि विभिन्न रंगका बेलुनहरु समेत उडाइएको छ। क्यान्सर पहिलो चरणमा पत्ता लागे उपचारपछि ठिक हुने सन्देश सहित बेलुन उडाइएको सेन्टरले जनाएको छ।
क्यान्सर सुरुवाती चरणमै स्क्रिनिङ गर्दा पत्ता लागे उपचार सहज र प्रभावकारी हुने भएकाले स्क्रिनिङलाई जोड दिइएको सेन्टरले जनाएको छ। उक्त कार्यक्रमलाई माया आउटरिच नामक संस्थाले सहयोग गरेको थियो।