काठमाडौं - सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्दैछ।
किशोरी लक्षित खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। सरकारले यो अभियान विद्यालय वा स्वास्थ्य संस्थाबाट खोप केन्द्र सञ्चालन गरी खोप दिँदैछ।
कक्षामा ६ मा अध्ययनरत, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अत्यधिक चिसो हुने हिमाली जिल्लाहरुमा भने चैतदेखि वैशाखसम्म यो अभियान सञ्चालन हुनेछ। यो पूर्ण रुपमा निःशुल्क र सुरक्षित भएकाले एचपिभी खोप लगाएर पाठेघरको मुखको क्यान्सर हुनबाट जोखिम सरकारको आग्रह छ।
गत वर्षको एचपिभी खोप अभियानमा खोप लगाएकाहरुले भने यो वर्ष खोप लगाउन नपर्ने मन्त्रालयले जनाएको छ।