काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको एक सामान्य नागरिक तथा सामान्य डाक्टरले देखेको नेपाल नामक पुस्तक सार्वजनिक भएको छ।
फोटो कथा डा केसीको उक्त पुस्तक देशका दूरदराजका गाउँमा सेवा दिने क्रममा उनले खिचेका तस्विर र तस्विरभित्र लुकेका कथाहरु छन्।
डा जयराज आचार्य, पुस्तकको फोटोमा समेटिएका शिक्षण अस्पतालको गेटमा जुत्ता शिलाउने नथुनिया, डोल्पा लामा र रामेछाप तामाङले संयुक्त रुपमा पुस्तकको शनिवार बिमोचन गरेका थिए।