काठमाडौं - चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका २ र डेंगुका १ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरपालिकामा डेंगुमा १, खैरहनी र रत्ननगर नगरपालिकामा स्क्रब टाइफसका १ १ जना बिरामी भेटिएका हुन्। यो सँगै चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या ५६५ र डेंगुका २२४ पुगेको छ।
हालसम्म परीक्षण भएका ८ हजार ११९ मध्ये ५६५ जनामा स्क्रब टाइफस र ७ हजार ६८३ मध्ये २२४ जनामा डेंगु पुष्टि भएको कार्यालयले जनाएको छ।