काठमाडौं - फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी सेवा बन्द रहने भएको छ। फागुन ३ गते महाशिवरात्री र ७ गते प्रजातन्त्र दिवस भएकाले उक्त दिन ओपिडी सेवा बन्द रहने अस्पतालले जनाएको छ।
अस्पतालले एक सूचना जारी गरी फागुन ६ गते परेको ग्याल्पो ल्होसारको दिन भने ओपिडी र ओटी सेवा दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। इमरजेन्सी र अन्तरंग सेवा भने २४ सैँ घण्टा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।