काठमाडौं - डडेल्धुरा अस्पतालले फागुन १ देखि बिमित परिवारलाई बहिरंग (ओपिडी) सेवा मार्फत अधिकतम २५ हजारसम्मको उपचार सेवा उपलब्ध गराउने निर्णय लागू गर्दैछ।
स्वास्थ्य बीमा बोर्डले गरेको उक्त निर्णयलाई डडेल्धुरा अस्पतालले फागुन १ गतेदेखि लागू गर्न लागेको हो। बोर्डले व्ययभार कम गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई थप दिगो बनाउने भन्दै बीमा गरेका परिवारलाई एक आर्थिक वर्षमा २५ हजारसम्मको ओपिडी उपचार सेवा मात्र उपलब्ध गराउने निर्णय गरेको थियो।
प्रति परिवार (बढीमा पाँच) जनाको लागि वार्षिक २५ हजार र प्रत्येक थप एक सदस्य बराबर ५ हजार बराबरको थप सेवा सुविधा निर्धारण गरिएको छ।
स्वास्थ्य बीमा नियमावली अनुसूची ६ बमोजिम आठ प्रकारका कडा तथा दीर्घरोगीहरुको उपचारको सम्बन्धमा भने हाल भएको व्यवस्था नै लागू हुने अस्पतालले जनाएको छ।