काठमाडौं - चितवनमा हालसम्म ९४ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।
खोप अभियानको पाँचौ दिनसम्म यहाँ ९४ प्रतिशत अर्थात् ६ हजार ३९० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
चितवनमा यस वर्ष ६ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य छ। भरतपुर महानगरपालिकामा ३ हजार २६५, रत्ननगर नगरपालिकामा ८३१, खैरहनीमा ५७३, राप्तीमा ६११, कालिकामा ४८१, माडी नगरपालिकामा ३४७ र इच्छाकामना गाउँपालिकामा २८२ किशोरीले खोप लगाएका छन्।