काठमाडौं - औषधि व्यवस्था विभाग विराटनगर शाखाले आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीहरुलाई आग्रह गरेको छ।
विभागले एक सूचना जारी गरी आगामी सात दिनभित्र आफ्ना आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।
फार्मेसीहरुको कर्मचारी व्यवस्थापन तथा नियमनका लागि औषधि ऐन २०३५, अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को अधिनमा रही फार्मेसी अभ्यासका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान, मेडिकल कलेज, शिक्षण संस्था र औषधि उद्योगमा कार्यरत प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीहरुको अभिलेखीकरण गर्नुपर्ने विभागले जनाएको छ।
साथै फार्मेसी अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाउन र प्रमाणपत्र दुरुपयोग गर्न उनीहरुको विवरण आवश्यक भएको सूचनामा उल्लेख गरिएको छ।