काठमाडौं - मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको दिउँसोको ओपिडी सेवा फागुन ३ गते सञ्चालन नहुने भएको छ।
सेन्टरले एक सूचना जारी गरी फागुन ३ गते परेको महाशिवरात्रीका दिन दिवा सत्रका ओपिडी लगायतका सेवाहरु सञ्चालन नहुने जनाएको हो। साथै अस्पतालको कार्यालय पनि आधा दिन मात्र सञ्चालन हुनेछ।
इमरजेन्सी, अन्तरंग तथा बिहानी सत्रका ओटी र ओपिडीहरु भने यथावत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ।