काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको “नागरिक करार” मार्फत जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने घोषणा गरेको छ। करारको प्रमुख बुँदामध्ये “शत प्रतिशत बीमा”लाई जोड दिइएको छ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता रहेको पार्टीले जनाएको छ।
लोकतान्त्रिक अधिकारका लागि भएका विगतका आन्दोलन र सुशासनको पक्षमा उठेको नयाँ पुस्ताको आकांक्षालाई आत्मसात गर्दै जनतासँग प्रत्यक्ष राजनीतिक जिम्मेवारीको करार गरेको दाबी गर्छन्। मतदाताबाट प्राप्त विश्वासलाई “लगानी” का रूपमा स्वीकार गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने शर्त राखिएको छ।
करारअनुसार प्रत्येक नागरिकलाई जन्मदेखि मृत्युसम्म आवश्यकताअनुसार सेवा दिने एकीकृत सामाजिक सुरक्षा प्रणाली स्थापना गरिनेछ। यस अन्तर्गत: सबै नागरिकका लागि शत प्रतिशत स्वास्थ्य बीमा, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण छन्।
-1771157540.jpg)