काठमाडौं - फागुन ६ र ७ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको दिउँसोको ओपिडी सञ्चालन नहुने भएको छ।
सेन्टरले एक सूचना जारी गरी फागुन ६ गते परेको ग्याल्पो ल्होसार र ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक विदा भएकाले दिवा सत्रका ओपिडी सञ्चालन नहुने जनाएको हो।
उक्त दिन ओपिडीसँगै प्रशासनिक र अन्य सेवाहर पनि आधा दिन बन्द हुनेछन्। इमरजेन्सी अन्तरंग सेवा तथा बिहानी सत्रका ओटी र ओपिडीहरु भने यथावत सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।