काठमाडौं- निर्वाचन २०८२ को पूर्वसन्ध्यामा नेपालका प्रमुख राजनीतिक दलहरूले आ-आफ्ना चुनावी संकल्पहरू सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसले 'प्रतिज्ञा पत्र', नेकपा एमालेले 'घोषणापत्र', राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'वाचापत्र' र नेपाली कम्युनिस्ट पार्टीले 'प्रतिबद्धता पत्र' मार्फत जनतामाझ आफ्ना एजेन्डाहरू प्रस्तुत गरेका छन्।
नेपाली राजनीतिमा चुनावी घोषणापत्रलाई केवल सपनाको पुलिन्दा मान्ने गरिए पनि यसपटक दलहरूले अलि बढी विशिष्ट र कार्यान्वयनमुखी बुँदाहरू समेट्ने प्रयास गरेका छन्। विशेषगरी नेपाली कांग्रेसले आफ्नो दस्तावेजमा स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकतामा राखेको देखिन्छ।
निर्वाचन २०८२ का लागि प्रमुख राजनीतिक दलहरूले अघि सारेका चुनावी दस्तावेजहरूको तुलनात्मक अध्ययन गर्दा राज्यको भूमिका र नागरिकका आधारभूत अधिकारका विषयमा सबै दलका साझा एजेन्डाहरू देखिए तापनि ती लक्ष्य प्राप्तिका मार्गचित्रमा भने भिन्नता पाइन्छ। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीले क्रमशः सुशासन, सेवा प्रवाह (डेलिभरी) र सामाजिक न्यायलाई आफ्नो मुख्य आधार बनाएका छन्।
यद्यपि, नेपाली कांग्रेसको 'प्रतिज्ञा पत्र' अन्य दलहरूको तुलनामा विशेषगरी स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा बढी विस्तृत, तथ्यपरक र कार्यान्वयन योग्य (डेलिभरेबल) देखिएको छ। कांग्रेसले केवल नारामा मात्र सीमित नभई बजेटको निश्चित प्रतिशत (१०%) तोक्ने, कानुनी रूपमै विदेशमा गरिने उपचारको अनुदान रोक्ने र 'डिजिटल स्वास्थ्य प्रोफाइल' जस्ता आधुनिक प्रणालीको खाका प्रस्तुत गरेकाले यसलाई बढी स्पष्ट र परिणाममुखी मान्न सकिन्छ।
हेरौं कुन पार्टीको चुनावी 'घोषणापत्र'