काठमाडौँ - रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले मतदान गरेका छन्।
ले परिवर्तनका लागि स-साना भाइबहिनीरुले दिएको बलिदानपछि निर्वाचन तय भएकाले अलग्गै भावना आएको बताएका छन् ।
दुखद् घटनाले देखाउन खोजेको सुन्दर भविष्यका लागि भएको यो निर्वाचन आफैंमा फरक रहेको उनको भनाइ छ । ‘मलाई लाग्छ यो पटक ठूलो परिवर्तनको सम्भावना छ । सुरुवाती चरणमा छौं,’ उनले भने, ‘सकरात्मक भावना आएको छ ।’
परिणामका हिसाबले समेत यो निर्वाचन ऐतिहासिक हुन्छ भन्ने अपेक्षा गरेको लामिछानेले बताए ।
‘इतिहासको एउटा यस्तो मोडमा देश आइपुगेको छ, जहाँ परिवर्तनका लागि स-साना भाइबहिनीहरुले बलिदानी दिएका छन्,’ उनले भने, ‘चुनाव आफैंमा फरक हो । इतिहासले यो अवसर दिँदैन । त्यसैले सबैले आफ्नो मतदानको अधिकार प्रयोग गरौं ।’
त्यसैगरी मतदान गर्दै बालेन शाहले आफूले मताधिकार प्रयोग गरेको उल्लेख गरेका छन्। उनले लेखे, 'मैले त मेरो मताधिकार प्रयोग गरें । अनि तपाईंले नि?' शाहले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका हुन्। काठमाडौँ महानगरका पूर्व मेयर शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत छन् ।