काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्।
प्रधानमन्त्री कार्कीले बिहीबार काठमाडौंको धापासीस्थित धापासी निमावि मतदान केन्द्र (फैमालचुली केन्द्र) पुगेर मतदान गरेकी हुन्।
जेनजी विद्रोहपछि निर्वाचन सम्पन्न गराउन गठन गरिएको सरकारको नेतृत्व गर्दै आएकी कार्कीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी छन्।
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने उद्देश्यका साथ गठन गरिएको सरकारको प्रमुखका रूपमा उनले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान प्रक्रिया अघि बढाउन भूमिका खेलेकी छन्।