काठमाडौं- बारामा एक निर्वाचन अधिकृत बेहोस भएपछि अस्पताल लगिएको छ।
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् ।
अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।