काठमाडौं- नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सुरु भएको यो प्रदर्शनीको १०औँ संस्करण हो।
'फार्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि' भन्ने मूल नाराका साथ आयोजित यस एक्स्पोको आज बिहान एक विशेष समारोहका बिच स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गरेकी हुन्।
तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन्। आयोजकका अनुसार यस पटक प्रदर्शनीमा विदेशी कम्पनीहरूको बाहुल्यता रहेको छ। कूल स्टलमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको छ, जसले विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिरहेका छन्। बाँकी १० प्रतिशत स्टलहरूमा भने स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनहरूलाई प्राथमिकताका साथ राखिएको छ।
नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा दिलाउनु एक्स्पोको मुख्य लक्ष्य हो।
-1773306098.jpg)
-1773306098.jpg)
-1773306099.jpg)
-1773306099.jpg)
-1773306100.jpg)
-1773306100.jpg)
-1773306100.jpg)
-1773306099.jpg)