बुटवल- लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवातर्फका १२ जना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य प्रशासकहरूको पदस्थापन र जिम्मेवारी बाँडफाँट गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाउन यो निर्णय गरेको हो।
सरकारले बढुवा भएका कर्मचारीहरूको पदस्थापनसँगै केही प्रदेश सचिवहरूको जिम्मेवारीमा समेत हेरफेर गरेको छ।
कुन अस्पतालमा को पठाइए?
प्रदेश सरकारको निर्णयअनुसार लुम्बिनी प्रादेशिक अस्पतालदेखि जिल्ला तहका अस्पतालहरूसम्म विशेषज्ञहरूको टोली खटाइएको छ:
स्वास्थ्य प्रशासनतर्फ:
रोशन लाल चौधरी: प्रमुख जनस्वास्थ्य प्रशासक, स्वास्थ्य निर्देशनालय (देउखुरी)।
डा. राजेन्द्र कुमार गिरी: प्रमुख जनस्वास्थ्य प्रशासक, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र (रुपन्देही)।
लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल):
यस अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकहरूले नयाँ जिम्मेवारी पाएका छन्:
डा. अनुप थापा: प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजिस्ट।
डा. भुवन पौडेल: प्रमुख कन्सल्टेन्ट सर्जन।
डा. सुरेन्द्र कुँवर: प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट।
डा. पुष्पराज जोशी: प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन।
डा. कृष्ण हरि सुवेदी: प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन।
डा. प्रभात पोख्रेल: प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट।
डा. गोपाल प्रसाद ज्ञवाली: प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन।
अन्य अस्पतालहरू:
डा. मोहम्मद नुरुल होदा: राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर।
डा. पदमराज अधिकारी: गुल्मी जिल्ला अस्पताल।
डा. शकुन्तला कुमारी: प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, रामपुर अस्पताल।