काठमाडौं - काठमाडौं क्यान्सर सेन्टर ले आफ्नो सेवा विस्तार गर्दै भक्तपुरको ताथलीपछि नयाँ सिटी क्लिनिक बानेश्वरमा सञ्चालनमा ल्याएको छ। चैत १५ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने यस क्लिनिकको उद्घाटन सोमबार अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा सिमित सापकोटाले रिबन काटेर गरेका हुन्।
क्लिनिकले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा प्रदान गर्ने जनाइएको छ। पूजाआजासहित उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो।
डा सापकोटाका अनुसार हालसम्म भक्तपुरको ताथलीबाट सबै सेवा दिँदै आएको सेन्टरले बिरामीलाई भने।
नयाँ सिटी क्लिनिकमा ओपीडी सेवा, ल्याब परीक्षण, अल्ट्रासाउन्ड तथा डे–केयर सुविधा उपलब्ध हुनेछन्। साथै स्पेसियलिटी क्लिनिक, अन्को–फर्टिलिटी क्लिनिक, ब्रेस्ट क्यान्सर क्लिनिक, अन्को–रिह्याबिलिटेसन क्लिनिक र मलिक्युलर अन्कोलोजी क्लिनिक समेत सञ्चालन गरिनेछ।
सेन्टरले नयाँ–नयाँ उपचार पद्धति भित्र्याउँदै बिरामीलाई सही र प्रभावकारी सेवा दिने लक्ष्य राखेको जनाएको छ।