काठमाडौं- वाथरोगसम्बन्धी उपचार, अनुसन्धान र नवीनतम प्रविधिबारे छलफल गर्न अन्तर्राष्ट्रिय रिमेटोलोजी कन्फ्रेन्स (“Rheuma Vision 2026) मार्च २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ।
बद्री तिर्थ आर्टिज फाउन्डेसन, नेशनल बाथ सेन्टर तथा साउथ एसियन रिमेटोलोजी फोरमको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपालसहित दक्षिण एशियाका विभिन्न देशबाट बाथ रोग विशेषज्ञ, प्राध्यापक तथा नीतिनिर्माणमा संलग्न विज्ञहरूको सहभागिता रहनेछ।
अर्गनाइजिङ सेक्रेटरी डा. सुधीर कर्माचार्यका अनुसार कन्फ्रेन्सको मुख्य उद्देश्य रिमेटोलोजी क्षेत्रमा विकसित नयाँ प्रविधि, पछिल्ला अनुसन्धान र उपचार पद्धतिबारे ज्ञान आदान–प्रदान गर्नु रहेको छ। कार्यक्रममा मस्कुलोस्केलेटल (एमएसके) अल्ट्रासाउन्ड, जोइन्ट इन्जेक्सन प्रविधि, एन्टिबडी परीक्षण तथा रिमेटोलोजिकल नर्सिङसम्बन्धी वर्कशपहरू समेत सञ्चालन गरिनेछन्।
आयोजक समिति अनुसार सम्मेलनको एडभाइजरमा डा. बिनित वैद्य, साइन्टिफिक चेयरमा डा. श्वेता नकर्मी, साइन्टिफिक को–चेयरमा डा. स्वीकृति श्रेष्ठ, अर्गनाइजिङ सेक्रेटरीमा डा. सुधीर कर्माचार्य, रजिस्ट्रेसन तथा फाइनान्स चेयरमा डा. अधीप अरुण श्रेष्ठ र आवास तथा आतिथ्य व्यवस्थापनमा डा. मनीषा भोच्छिभायो रहेका छन्।
सम्मेलनमा फिलिपिन्सका डा. जोसे पाउलो लोरेन्जो, बंगलादेशका प्रोफेसर सैयद अतिउल हक, भारतका प्रोफेसर वेद चतुर्वेदी, डा. विनोद रविन्द्रन, डा. रञ्जन गुप्ता, डा. सौरभ मालवीय, डा. नीरज जैन र डा. शैलजा भी, बंगलादेशका प्रोफेसर डा. एमडी नज्रुल इस्लाम तथा एसोसिएट प्रोफेसर एटीएम तनवीर हसन, पाकिस्तानका प्रोफेसर डा. मुहम्मद अहमद सईद, प्रोफेसर बाबुर सलीम र प्रोफेसर हिना अहमद, सिंगापुरका डा. चेङ यु काउङ, मलेसियाका प्रोफेसर डा. राजा जास्मिन तथा एसोसिएट प्रोफेसर डा. फरिज यह्या, इन्डोनेसियाकी डा. लानियाती हमिजोयो, श्रीलंकाका डा. हिमन्था अथुकोराला तथा फिलिपिन्सकी डा. मा. हाना मोनिका सोल्लानो लगायतका अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुनेछन्।
आयोजक डा. सुधीर कर्माचार्यका अनुसार सम्मेलन विशेषगरी रेजिडेन्ट र जुनियर डाक्टरहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। सम्मेलनले ज्ञान आदान–प्रदान, सीप अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।