काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार नयाँ मन्त्रिमण्डल बन्दैछ। नयाँ मन्त्रीमण्डलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कसले प्राप्त गर्ने भन्ने अझै तय भएको छैन।
जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवन जल्दाको समस्या भने अब बन्ने स्वास्थ्य मन्त्रीले पदबहालीलगत्तै झेल्नेछन्।
मन्त्रीको पदबहाली सिंहदरबारमा गराउने तयारी रहेको छ भने त्यसपछिको परिचय तथा निर्देशनात्मक बैठकका लागि रामशाहपथस्थित नेपाल हेल्थ रिसर्च काउन्सिलको भवनमा तयारी गरिएको छ। सिंहदरबारमा हल नहुँदा रामशाह पथमा पदबहाली पछिको कार्यक्रम तय गरिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
मन्त्रालयको भवन आगलागी भएपछि स्वास्थ्य मन्त्रालयका केही विभाग बाहेक सिंहदरबारमा अस्थायी संरचना बनाएर सारिएको छ। त्यही अस्थायी संरचनामा नवनियुक्त मन्त्रीले सपथ लिनेछन् ।