काठमाडौं- इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सम्भावना बढेको छ। पेशागत रूपमा नर्स रहेकी मेहता स्वास्थ्य सेवामा सक्रिय रहँदै राजनीतिक यात्रामा अघि बढेकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध रहँदै आएकी उनी अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पनि समेटिएकी थिइन्। त्यसबेला उनी सांसद बन्न सकिनन्।
यसपटक भने उनी मन्त्री बन्ने सम्भावनाको नजिक पुगेकी छिन्।
मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बबनेकी हुन्।
२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिक रुचि राख्ने व्यक्तित्व हुन्।
भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन्।