काठमाडौं- रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
शाहले १२:३४ बजे सपथ लिने कार्यक्रम तय भएको छ।