काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। अब उनको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्का अन्य सदस्यहरूले सपथ लिने तयारी भइरहेको छ।
शाह नेतृत्वको नयाँ मन्त्रिमण्डलमा समावेश हुने सम्भावित मन्त्रीहरूको सूचीमा नयाँ अनुहार र विभिन्न क्षेत्रका प्रतिनिधित्वलाई प्राथमिकता दिइएको देखिन्छ।
सम्भावित मन्त्रीहरूको सूची अनुसार स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री र सुदन गुरुङ गृहमन्त्री बन्ने चर्चा छ। त्यस्तै, प्रतिभा रावललाई सामान्य प्रशासन, गणेश पौडेललाई पर्यटन तथा अमरेश सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना छ।
भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्साल, कृषि मन्त्रालयमा गीता चौधरी र शिक्षा मन्त्रालयमा सस्मित पोखरेलको नाम अगाडि आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने नर्स पृष्ठभूमिकी निशा मेहताले सम्हाल्ने बताइएको छ।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी, कानुन मन्त्रालयमा सोबिता गौतम, श्रममन्त्री दिपक साह र ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठको सम्भावना छ। सञ्चार मन्त्रालयको जिम्मेवारी विक्रम तिमिल्सिनाले पाउने चर्चा छ।
प्रधानमन्त्री शाहले समावेशी, सक्षम र नयाँ सोचसहितको टिम बनाउने संकेत दिएका छन्।