काठमाडौं- महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा दृष्टि विशेषज्ञ दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने सम्भावना देखिएको छ। काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन शाहको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा साहले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।
साहले हालै सम्पन्न निर्वाचनमा पूर्व श्रममन्त्री एवं अनुभवी नेता शरतसिंह भण्डारीलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका थिए। प्रभावशाली नेतालाई हराएसँगै चर्चामा आएका साहलाई बालेन नेतृत्वको मन्त्रिमण्डलमा महत्वपूर्ण विभागको रूपमा हेरिएको श्रम मन्त्रालय सुम्पिन लागिएको हो।
दीपक साह पेसाले दृष्टि विशेषज्ञ हुन्। स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका उनी नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्ष समेत हुन्। पेसागत हकहित र सामाजिक सेवामा सक्रिय रहँदै आएका साह अब देशको श्रम बजार र वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्ने चुनौतीका साथ सरकारमा सहभागी हुन लागेका छन्।