काठमाडौं- बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय सुधारका सय कार्यसूची अघि बढाउन निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद बैठकले कार्यसूची स्वीकृत गरेको हो । उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
सोही मन्त्रीपरिषदले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।
यसैगरी जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा भने अध्ययन समिति बनाउने निर्णय गरेको हो ।