काठमाडौ- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनलाई अस्पतालको रेड एरियामा राखेर परीक्षण सुरु गरिएको छ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले उनलाई संवेदनशील मानिने रेड एरियामा राखेर परीक्षण थालिएको हो। उनको मिर्गौलाको समेत परीक्षण गर्ने तयारी भइरहेको छ ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि उनलाई नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले कारबाही प्रक्रिया अघि बढाएको हो उनलाई शनिबार बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो । यसैगरी तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिएको छ।