काठमाडौं - एमाले अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग अन्तर्गत ५०१ नम्बर बेडमा उपचारका लागि भर्ना भएका छन्।
उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईले जानकारी दिए।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई त्रिवी शिक्षण अस्पताल पुर्याइएको थियो।
रगत परीक्षण तथा भिडियो एक्सरे पश्चात् नेफ्रोलोजी विभागमा भर्ना गरेर उपचार सुरु गरिएको हो।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।