काठमाडौं– सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार अपरान्ह २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।