काठमाडौं- पहुँचको भरमा सुगमका अस्पतालमा 'काज' मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरू अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवालाई सन्तुलित बनाउन र दुर्गममा विशेषज्ञको अभाव टार्न कडाइ गरेसँगै पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको छ।
दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न, लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्न र आम सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ताको निर्णय गरेको छ।
डडेल्धुरा अस्पतालमा ४ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्, नारायणी अस्पताल वीरगंजमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्।
यी हुन् काज फिर्ता भएका चिकित्सकहरु
१. डा. रोहिता बज्राचार्य
वरिष्ठ कन्सल्टेण्ट इ.एन.टी. सर्जन (अधिकृत दशौँ)
हाल कार्यरत: भरतपुर अस्पताल चितवन
काज फिर्ता: गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
२. डा. जोसनलाल बज्राचार्य
कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश
काज फिर्ता: गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
३. डा. विशाल कुमार देव
कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: कोशी अस्पताल, विराटनगर
काज फिर्ता: गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
४. डा. प्रकाश ढकाल
कन्सल्टेण्ट रेडियोलोजिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश
काज फिर्ता: गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
५. डा. सुशील समदर्शी
कन्सल्टेण्ट साइक्याट्रिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश
काज फिर्ता: गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
६. डा. सन्तोष कुमार गुप्ता
मेडिकल सुपरिटेण्डेण्ट (अधिकृत नवौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश
काज फिर्ता: डडेल्धुरा अस्पताल, डडेल्धुरा
७. डा. मिसन्ता शर्मा
कन्सल्टेण्ट डर्माटोलोजिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
काज फिर्ता: डडेल्धुरा अस्पताल, डडेल्धुरा
८. डा. नविन चन्द्र भट्ट
कन्सल्टेण्ट सर्जन (अधिकृत नवौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश
काज फिर्ता: डडेल्धुरा अस्पताल, डडेल्धुरा
९. डा. सुयोग्य वाग्ले
वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट (अधिकृत दशौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश
काज फिर्ता: डडेल्धुरा अस्पताल, डडेल्धुरा
१०. डा. सोनीका धरी श्रेष्ठ
वरिष्ठ कन्सल्टेण्ट इ.एन.टी. सर्जन (अधिकृत दशौँ)
हाल कार्यरत: वीर अस्पताल, काठमाडौँ
काज फिर्ता: नारायणी अस्पताल, पर्सा
११. श्री संजोग तिमिल्सिना
उप प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
काज फिर्ता: नारायणी अस्पताल, पर्सा
१२. डा. अरुण ज्ञवाली
कन्सल्टेण्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश
काज फिर्ता: नारायणी अस्पताल, पर्सा
१३. डा. मुकेश पौडेल
वरिष्ठ कन्सल्टेण्ट ट्रोपिकल मेडिसिन/फिजिसियन (अधिकृत दशौँ)
हाल कार्यरत: स्वास्थ्य सेवा विभाग, काठमाडौँ
काज फिर्ता: नारायणी अस्पताल, पर्सा
१४. डा. दिपेश भट्टराई
कन्सल्टेण्ट साइक्याट्रिष्ट (अधिकृत नवौँ)
हाल कार्यरत: कान्ति बाल अस्पताल, काठमाडौँ
काज फिर्ता: नारायणी अस्पताल, पर्सा