काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिँदै शहीद दशरथ चन्द चिकित्सा विश्वविद्यालय, गेटाका विषयमा समेत चासो राखेका छन्। उनले भेटका क्रममा भने, 'गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन् ? त्यसलाई फुकाएर अगाडि बढ्नुपर्छ।'
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले कुनैपनि हालतमा उक्त विश्वविद्यालय सञ्चालन गर्ने वचन सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई दिएका थिए। उक्त भेटमा त्यस क्षेत्रबाट प्रतिनिधित्व सांसदहरु डा आनन्द बहादुर चन्दले नीति पत्र प्रस्तुत गर्दै समग्र विकासका लागि उक्त विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै नीति पत्र प्रस्तुत गरेका थिए। त्यसैगरी केपी खनाललगायतले