काठमाडौँ -नेपाल आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा शंकर गौतम विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी सुवर्ण पौडेल, प्रशान्त कुमार सिंह र आशिष कुमार झालाई पछि पार्दै नेतृत्व हात पारेका हुन्। निर्वाचन परिणामअनुसार सुवर्ण पौडेलले ११४ मत, प्रशान्त कुमार सिंहले ३६ मत र आशिष कुमार झाले ७ मत प्राप्त गरे।
संघको वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल १५५ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी निरज योगीले ९७ मत तथा सोनेलाल शाहले ६४ मत प्राप्त गरेका छन्।
महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ १९० मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी शान्ति तिमल्सिनाले १२९ मत प्राप्त गरिन्।
महासचिव पदमा ऋषिकेश भुसाल १८७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी विजेन्द्र शाहले १२३ मत पाए।
त्यस्तै, सचिवमा दीपक कुमार मण्डल १६५ मतसहित विजयी भए भने विवेक गुप्ताले २७ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा सिजन कोजु र प्रशन्न नेपालले समान १५३ मत प्राप्त गरेपछि गोलाप्रथाबाट सिजन कोजु विजयी घोषित भएका छन्।
प्रादेशिक उपाध्यक्षहरूमा कोशी प्रदेशबाट विजय कुमार सिंह निर्विरोध चयन भए भने मधेश प्रदेशमा शिवनारायण गुप्ता विजयी भए। बागमती प्रदेशमा देवेन्द्र कुमार यादव विजयी हुँदा गण्डकी प्रदेशमा नरेन्द्र लामिछाने निर्विरोध चयन भएका छन्।
यस्तै, लुम्बिनी प्रदेशमा कैलाश न्यौपाने निर्विरोध भएका छन् भने कर्णाली प्रदेशमा सुदर्शन पोखरेल र सुदूरपश्चिम प्रदेशमा हिमाल भट्ट विजयी भएका छन्।

-1775362218.png)