काठमाडौं- संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ।
यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहता दशाैं वरियतामा पुगेकी छिन्। यसअघि नवाैंमा थिइन् ।
प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहत, शिक्षा, विज्ञान तथा प्रविधि: युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल बाह्रौ नम्बरको वरियतामा छन् ।

