काठमाडौँ - पार्टी अनुशासनविपरीत काम गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई सिफारिस गरेका छन् ।
केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो ।
साेही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री
शाहलाई सिफारिस गरेका हुन् ।