काठमाडौं- औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी हुन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालमाथि चलखेल गरेर औषधीको मूल्य वृद्धि गराएको आरोप लगाएका थिए। उक्त आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार बिहान ढकालसँग स्पष्टीकरण मागेको थियो।
यसैबीच, औषधी व्यवस्था विभागले दिउँसो औषधी मूल्यसम्बन्धी विषयमा विज्ञप्ति जारी गर्दै आफ्नो धारणा स्पष्ट पार्न खोजेको थियो। तर, त्यसअघि नै मन्त्री मेहताले ढकाललाई मन्त्रालयमा तान्ने निर्णय गरिसकेकी थिइन्।