काठमाडौं - नेपाल नर्सिङ काउन्सिलले खारेज गरेको नर्स जिता बरालको नर्सिङ लाइसेन्स पुन: कायम गरेको छ।
२०७९ साल चैत्र १३ गते नेपाल नर्सिङ काउन्सिलले खारेज गरेको उनको नर्सिङ लाइसेन्स पुन कायम गरिएको हो। २०८२ चैत्र २६ गते बसेको नेपाल नर्सिङ काउन्सिलको २६२औँ बोर्ड बैठकले उनको लाइसेन्स पुन: कायम गर्ने निर्णय गरेको हो।
नर्स बरालले सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो नै सार्वजनिक भएको थियो। उक्त घटनापछि ट्रमाका तत्कालिन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले बराललाई कारबाहीका लागि पत्र पठाएका थिए। सोही पत्रपछि काउन्सिलल छानबिन अगाडि बढाएको थियो।
काउन्सिलको छानबिनका क्रममा बरालले काउन्सिलको आचारसंहिता उल्लंघन गरेको देखिएपछि दर्ता किताबबाट नाम हटाउने निर्णय गरिएको थियो।