काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
ओलीको शल्यक्रिया डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले सफलतापूर्वक सम्पन्न गरेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्यखबरलाई जानकारी दिए। उनलाई शल्यक्रिया कक्षबाट आइसियूमा सार्ने तयारी भइरहेको सूचना अधिकारी रोस्याराले बताए।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको थियो। ठूलो आकारको पत्थरी भएका कारण चिकित्सकहरूले विभिन्न स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै लामो समयको छलफलपछि मात्रै शल्यक्रिया गर्ने निर्णय लिएका थिए।