फाइल तस्बिर
काठमाडौं - पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई निगरानीका लागि आइसियूमा राखिएको अस्पतालले जनाएको छ।
शल्यक्रिया सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले विज्ञप्ती जारी गर्दै नेफ्रोलोजी विभागका विभागीय प्रमुख प्राडा दिव्या सिंह शाह र प्राडा महेश राज सिग्देलको समन्वयमा ग्यास्ट्रोलोजी शल्यक्रिया विभागका प्राडा पलेश्वा जोशी लाखे,सह-प्राडा विष्णु प्रसाद कडेंल र डा दिपक शर्माको टोलीले ल्याप्रोस्कोपी शल्यक्रिया गरेको जानकारी दिएको छ।
शल्यक्रियाको टोलीमा एनेस्थेसियोलोजीको तर्फबाट डा अमित शर्मा भट्टराई र डा पंकज जोशी संलग्न रहेका थिए। हाल ओलीलाई आइसियूमा प्राडा प्रमेश सुन्दर श्रेष्ठ र डा हेमराज पनेरुले निगरानी गरिरहेको अस्पतालले जानकारी दिएको छ । उपचारका क्रममा कार्डियोलोजीको तर्फबाट प्राडा चन्द्रमणि पौडेल र डा सुर्य देवकोटाले निगरानी गरेका थिए।