काठमाडौं- स्वास्थ्य अनुसन्धान पत्रकारिता अवार्ड गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेललाई प्रदान गरिएको छ।
१९ वर्ष अघिदेखि गोरखापत्र दैनिकमा सक्रिय ढुङ्गेलले स्वास्थ्य पत्रकारिताको मार्फत ‘स्वास्थ्य अनुसन्धान’मा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या सचिव डा.विकास देवकोटा र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा.प्रमोद जोशीले पत्रकार ढुङ्गेललाई उक्त अवार्ड प्रदान गरेका हुन्।
स्वास्थ्य अनुसन्धान परिषदले स्थापना गरेको उक्त अवार्ड अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो।
यो वर्ष उक्त अवार्डका लागि छ जनाले आवेदन दिएकोमा परिषदले छनौट गरेको मुल्याङ्कन समितिले स्वास्थ्य पत्रकार ढुङ्गेललाई उक्त अवार्ड प्रदान गरिएको हो।
यस्तै हेल्थ रिर्सच अवार्ड डा. अभिलाषा खत्रीले प्राप्त गरेकी छिन्। योङग हेल्थ रिसर्च अवार्ड डा. आरिस भण्डारी, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ्ग हेल्थ रिसर्च अवार्ड डा. नितेष कर्ण, हेल्थ रिसर्चर लाइफटाइम एचिभमेन्ट अवार्ड डा. सुर्वणकुमार खत्रीलाई प्रदान गरिएको छ।
यस्तै स्वास्थ्य अनुसन्धान बेस्ट पेपेर प्रिजेन्टेशन अवार्ड रश्मी थापा, पुजा पौडेल, विष्णु प्रधान, मेध कोइराला र बासुदेव पराजुलीको समूहले प्राप्त गरेको छ।