काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनअन्तर्गत मतदान जारी रहँदा दिउँसो करिब १ बजेसम्म कुल ९३७ मत खसेको छ। संघले सार्वजनिक गरेको लाइभ भोटर टर्नआउट ड्यासबोर्डअनुसार देशभर २३ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।
प्राप्त विवरणअनुसार सबैभन्दा धेरै मत चितवनमा खसेको छ। चितवनस्थित बुथ नम्बर ११ मा ११८ मत खसेको छ भने कोशीमा १०७ र गण्डकीमा ९९ मत खसेको छ।
त्यसैगरी, लुम्बिनीमा ७३, नारायणीमा ६५, जनकपुरमा ६३, धरानमा ६१, हेटौंडामा ५१, मत खसेको छ।
अन्य स्थानमा सुर्खेतमा ४५, पाल्पामा ४२, सेतीमा ४१ मत खसेको छ भने दमक, दाङ र भेरीमा समान २८/२८ मत खसेका छन्। काभ्रेमा १८, जुम्लामा १७, राजविराजमा १६, तनहुँमा १५, रौतहटमा १३ र लहानमा सबैभन्दा कम ९ मत खसेको छ।
संघका अनुसार मतदान प्रक्रिया जारी रहेकाले अन्तिम मतसंख्या अझै बढ्ने अपेक्षा गरिएको छ।