काठमाडौं— नेपाल मेडिकल एसोसिएसन (एनएमए) को निर्वाचनअन्तर्गत उपत्यका बाहिरका शाखाबाट कुल ४२४४ मत खसेको छ। दुई दिनसम्म सञ्चालन भएको मतदान प्रक्रियामा देशभरका विभिन्न शाखाबाट उल्लेखनीय सहभागिता देखिएको हो।
निर्वाचन समितिका अनुसार पहिलो दिन १९४२ मत खसेको थियो भने दोस्रो दिन २३०२ मत खसेको छ।
शाखागत विवरणअनुसार चितवनबाट सबैभन्दा बढी ५४८ मत खसेको छ भने कोशी (५२५) र गण्डकी (४६६) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। जनकपुर (३७५), लुम्बिनी (३७३) र नारायणी (३६८) मा पनि उल्लेख्य मत खसेको छ।
यस्तै, धरानबाट २१०, भेरीबाट २०७ र सेतीबाट २०६ मत खसेको छ। अन्य शाखाहरूमा पनि सन्तुलित सहभागिता देखिएको छ, जसमध्ये बिर्तामोड (१००), हेटौंडा (९७), सुर्खेत (९५), पाल्पा (८८) लगायत रहेका छन्।

सबैभन्दा कम मत डडेलधुरा (१८) र तनहुँ (३०) मा खसेको देखिन्छ।