काठमाडौं- नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै विदेशी नागरिकता लिएका कारण ती चिकित्सकहरूको दर्ता खारेज गरिएको जानकारी दिएको हो।
काउन्सिलका अनुसार 'नेपाल मेडिकल काउन्सिल ऐन २०२०' तथा 'नेपाल नागरिकता ऐन २०६३' बमोजिम नेपाली नागरिकता परित्याग गरी अन्य देशको नागरिकता लिएका चिकित्सकहरूको नाम दर्ता अभिलेखबाट हटाइएको हो।
दर्ता खारेजीमा परेका चिकित्सकहरू:
१. डा. शर्मिला गुरुङ
२. डा. रोशन भुपाल
३. डा. मोति गुरुङ
४. डा. देवराज रेग्मी
५. डा. मेरिना गुरुङ
६. डा. निरञ्जनदेव पाण्डे
७. डा. रोजेन के.सी.
८. डा. ममता गुरुङ
९. डा. राजिव हमाल
१०. डा. सलुजा सिंह थारु
११. डा. सुजना के.सी.
१२. डा. जोन्ना शाही
१३. डा. मनिषा हमाल
१४. डा. सुप्रिया शाक्य
१५. डा. इच्छा न्यौपाने
१६. डा. दिपेन ढकाल
१७. डा. तुषार सर्वजना
काउन्सिलले आगामी दिनमा यी चिकित्सकहरूलाई नेपालमा चिकित्सकीय अभ्यास गर्न मान्यता नहुने जनाएको छ। साथै, सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई यस विषयमा जानकारी गराउन सूचना सार्वजनिक गरिएको काउन्सिलले उल्लेख गरेको छ।
