काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा कार्यरत डा. पुष्पराज पौडेलको सरुवा भएको छ। स्वास्थ्यमन्त्री निशा मेहताले डा. पौडेललाई उनको दरबन्दी रहेको कार्यालयमा फिर्ता गर्ने निर्णय गरेकी हुन्।
शालाक्य (नाक–कान–घाँटी) विशेषज्ञका रूपमा कार्यरत डा. पौडेलको दरबन्दी आयुर्वेद चिकित्सालय नरदेवीमा रहेको छ। उनी लामो समयदेखि मन्त्रालयमा काजमा कार्यरत रही नीति निर्माण र अनुगमनको क्षेत्रमा सक्रिय थिए।
मन्त्री मेहताको पछिल्लो निर्णयसँगै उनको काज फिर्ता भएको हो र अब उनले नरदेवीस्थित आयुर्वेद चिकित्सालयबाटै आफ्नो विशेषज्ञ सेवा प्रदान गर्नेछन्।