काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ। संघको आगामी कार्यकालका लागि शैलेश कँडेल अध्यक्षमा चयन भएका छन्।
निर्वाचन समितिका अनुसार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिमा विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव तथा निर्मल रेग्मी कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन चयन भएका छन्।
संघको निर्वाचन समितिका संयोजक अधिवक्ता शिवराज धितालले अन्तिम नामावली प्रकाशन गर्दै सबै पदमा उम्मेदवार सर्वसम्मत चयन भएको जानकारी दिएका छन्।
केमसानले नेपालमा रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय तथा नीतिगत पहलमा सक्रिय भूमिका खेल्दै आएको छ। नयाँ नेतृत्वले संघलाई थप सशक्त बनाउने विश्वास सद