काठमाडौं- सरकारले आरोग्य अध्ययन तथा पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समेटेको छ। संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति राम चन्द्र पौडेलले नेपाललाई आरोग्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरिने घोषणा गरेका हुन्।
सरकारले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र आध्यात्मिक अध्ययनसँग जोडिएको आरोग्य पर्यटन विस्तार गर्ने नीति अघि सारेको जनाएको छ। नीति तथा कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, अध्ययन–अनुसन्धान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
यसअघि पनि सरकारले ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति २०२६–२०३५’ सार्वजनिक गर्दै नेपाललाई विश्वस्तरको आरोग्य पर्यटन गन्तव्य बनाउने लक्ष्य अघि सारेको थियो।