काठमाडौं - सरकारले विषादीको आयात तथा नियमनका लागि प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने बताएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।प्रमुख कृषि उपज तथा भन्सार विन्दुमा विषादी परीक्षण गर्न अन्र्तराष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरु विकास, विस्तार र सञ्चालन गरिने बताइएको छ ।
जडिबुटी प्रशोधनलाई प्राथमिकता दिइने
सरकारले जडिबुटी प्रशोधनलाई प्राथमिकता दिइने बताएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।