काठमाडौं- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ। उपाध्यक्ष पदमा नाम सिफारिस गर्न गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
समितिले ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि–२०८३’ अनुसार आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिलाई दरखास्त पेश गर्न आह्वान गरेको जनाएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ उपदफा (१) को खण्ड (घ) अनुसार आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाइएको समितिले उल्लेख गरेको छ।
गत १९ वैशाखमा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी गरेपछि आयोगका उपाध्यक्ष सहित विभिन्न पदाधिकारी पदमुक्त भएका थिए।
हेरौं सूचना

