काठमाडौं- सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि सार्वजनिक गरेको छ। सरकारले चिकित्सा शिक्षा ऐनको दफा २३ अनुसार लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३’ ल्याएको हो।
कार्यविधि अनुसार उपाध्यक्ष पदका लागि उम्मेदवार हुन चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै चिकित्साशास्त्रकै कुनै विधामा कम्तीमा २० वर्षको अनुभव, वा चिकित्सा शिक्षामा १० वर्षसहित स्वास्थ्य सेवा क्षेत्रमा कुल २० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ।
उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नरहेको र चिकित्सा शिक्षा क्षेत्रमा निजी स्वार्थ नभएको हुनुपर्नेछ।
हेरौं कार्यविधि